जनता अभियान शुक्रबार, मंसिर ०३, २०७८
सिराहा र धनुषाको सिमानामा पर्ने कमला नदिमा भुत मेला लागेको छ । कमला नदिमा पवित्र स्नान गर्न प्रत्येक बर्ष झै यस वर्ष पनि कार्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने भुत मेलामा सिकारु धामी झाँक्रीहरुको ठुलो घुइचो लागेका छन् ।
शुक्रबार विहानै सूर्योदयसंग उनिहरुले कमला नदिमा सिद्ध स्नान गरेको छ । सिकारु धामी झाँक्रि तथा बोक्सा बोक्सीहरुले कार्तिक पूर्णिमाका दिन पवित्र नदिहरुमा स्नान गर्दा सिकेको जादु टुना स्थायी हुने मान्यता रहेको उनिहरुको भनाई छ ।
पहेलो साडीमा सजिएका महिला तथा रातो पहेलो धोती कुर्तामा सजिएका पुरुषको टोली हातमा बेत नचाउदै तथा सुमधुर महराइ गाउदै विभिन्न देवि देउताको स्वाग गर्दै सिरहा तथा सप्तरीको विभिन्न गाउँ गाउँहरुबाट विहानैदेखि मेलाका लागि प्रस्थान गरेको थिए ।
कमला नदिमा वर्षेनी भुत मेला लाग्ने गरेको देखिन्छ , जहाँ सिरहा, सप्तरी, धनुषा, महोत्तरी र भारत बिहारका हजारौ सिकारु धमि धाँक्रिहरु सहभागि हुन्छन् ।
धामी झाक्रीहरुले भुत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात कार्तिक शुक्ल पुर्णिमाको दिन स्नान गर्ने सदियौंको परम्परा भएको सर्वसधारणहरु बताउछन् । यो सँगै सिकारु धामीझाँक्रीहरु बेतका लाठी घुमाउँदै चिच्याउँदै कमला स्नान गर्न आउने गरेको देखिन्छ । शरिरमा पवित्रबास बस्न आएका देवताको स्थायीबासका लागि कार्तिक पुर्णिामा स्नान गर्ने जनविश्वास छ।
स्नान गरेपश्चात मेलामा दहि च्यूरा खाने प्रचलन रहेको छ।