देवानगन्जका राकेशको उदाहरणीय काम ः जन्मदिनमा बालआश्रममा सहयोग

जनता अभियान आइतबार, मंसिर ०५, २०७८

सुनसरी देवानगन्ज–१ का राकेशकुमार मेहताले आफ्नो जन्मदिनको अवसरमा विराटनगरस्थित बालआश्रमलाई सहयोग गरेका छन् ।

शनिबार मेहताले आफ्नो २३औँ जन्मदिनको अवसर पारेर विराटनगर रानीस्थित पूर्वाञ्चल बाल सेवा आश्रममा वितरण गरेका हुन् । उनले बालआश्रमका ६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री (कापी र कलम) तथा अन्य वृद्धवृद्धा र कर्मचारी गरेर ८० जनालाई खानासमेत खुवाए ।

सहयोग कार्यक्रममा बोल्दै बालआश्रमका अध्यक्ष डाक्टर खगेन्द्र आचार्यले यस्तो अभियानले आश्रमलाई सहयोग पुग्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्