सर्वेन्द्रको शब्द सिर्जना र स्वर रहेको नयाँ गीत ‘किन रोयौ आमा’

जनता अभियान मंगलबार, मंसिर ०७, २०७८

प्रवासमा रहेर कलाकारितामा रमाउने कमै सर्जक, लेखक भेटिन्छन् । जसमध्येका एक हुन् कलाकार सर्वेन्द्र अधिकारी । सर्वेन्द्रको शब्द सिर्जना र स्वर रहेको नयाँ गीत ‘किन रोयौ आमा’को भिडियो सार्वजनिक गरिएको छ ।

गीत लेखनबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका सर्वेन्द्रको नयाँ गीत ‘किन रोयौ आमा’मा संगीत पनि गायक सर्वेन्द्रकै रहेको छ । जसमा संगीत संयोजन सुनिल राईको रहेको छ । सार्वजनिक भिडियोको परिकल्पना र निर्देशन सञ्चारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले गरेका हुन् ।

करिब ३ दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका निर्देशक श्रेष्ठले ‘किन रोयौ आमा’मा प्रवासमा रहँदा मातृभूमिमा बिताएका पल, मातृभूमिमा घटेका विभिन्न घटनाले मनमा झनै चोट परेका पलहरुलाई सान्दर्भिक तरिकाले प्रस्तुत गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्