प्रियंका र निकको सम्बन्धविच्छेदको हल्ला

जनता अभियान मंगलबार, मंसिर ०७, २०७८

बलिउड तथा हलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसबीच पछिल्लो समय मनमुटाव भएको चर्चा चलेको छ ।

अमेरिकी गायक समेत रहेका निकसँग प्रियंकाले सम्बन्धविच्छेद गरेको खबर पनि बाहिरिएको छ । उनीहरुले भने आफुहरुले सम्बन्धविच्छेद गरेको बारे केही कुरा खुलाएका छैनन्।

प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो नामबाट जोनस थर हटाएपछि सम्बन्धविच्छेदको हल्ला चलेको हो ।बलिउडदेखी हलिउडसम्म चर्चा कमाएकी प्रियंकाले केही बर्षअगाडि निकसँग विवाह गरेकी थिइन् ।

विवाह गरेपछि उनी पतिकै घर अमेरिकामा बस्दै आएकी छिन् । तर पछिल्लो समय उनीहरुबीच मनमुटाव भएर सम्बन्धविच्छेद भएको खबरले प्रियंकासँगै उनका परिवार पनि तनावमा छन्।

यस खबरपछि निकले पनि सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेका छन् । उक्त भिडियोमा निकले जिम गरिरहेका छन् । जिम गरिरहेको भिडियोमा प्रियंकाले राम्रो प्रतिक्रिया दिएकी छिन्।

यहाँ कमेन्ट गर्नुहोस्