ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

जनता अभियान मंगलबार, मंसिर ०७, २०७८

सुनसरी, ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१६ गैरीटोल बस्ने ५५ बर्षीय नविन गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत विराटनगरको २०७७ माघ ७ गतेको फैसलाबाट ठहर भएको ४ वर्ष ७ महिना ४ दिन कैद सजाय भुक्तान नभई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि करागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटानगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्