Janata Abhiyan बिहिबार, साउन ०७, २०७८
पाली काङ्ग्रेसको क्रियाशील सदस्यता विवाद सामधान नहुँदा वडा र पालिकाको निर्वाचन कार्यतालिक १० दिन पछि सर्ने निश्चित भएको छ ।
भदौँ १७ बाट १४ औं केन्द्रीय महाधिवेशन गर्ने तयारीमा रहेको काङ्ग्रेसले साउन १२ गते वडा, १६ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनाएको छ । तर साउन ७ गतेसम्म क्रियाशील सदस्य विवाद सामधान नहुँदा निर्वाचन मिति १० दिन पछि सर्ने निश्चित भएको हो ।
महाधिवेशनका लागि निर्वाचन निर्देशिका पनि तयार भएको छैन । निर्वाचन निर्देशिकाको मस्यौदा तयार भएपनि काङ्ग्रेस पदाधिकारीले समय नदिदा समितिले मस्यौदालाई अन्तिम रुप दिन नसकेको निर्वाचन समितिका एक सदस्यले बताए ।
ुक्रियाशील सदस्यता विवाद समाधान गर्ने समितिले प्रतिवेदन बुझाएको छैन,बुझाएको प्रतिवेदन केन्द्रीय समितिले पारित गर्नुपर्छ,’ निर्वाचन समितिका एक सदस्यले भने,‘अधिवेशन गराउन निर्वाचन समितिलाई न्यूनमत १६ दिनको समय चाहिन्छ ।’
तयारी नपुग्ने भएका कारणा १० दिन वडा र पालिकाको अधिवेशन पर सार्ने तयारी भएको ती सदस्यले बताए ।