जनता अभियान शुक्रबार, आश्विन २८, २०७९
राष्ट्रिय वाणिज्य बैंकले इन्टरनेट नहुँदा पनि मोबाइल बैंकिङ प्रयोग गर्न सकिने सेवा ल्याएको छ।
इन्टरनेटको पहुँच नभएको ठाउँबाट पनि ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराउन बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो।
ये सेवा सुचारु गर्नका लागि बैंकका ग्राहकले सबैभन्दा पहिले सेवा दर्ता गर्नुपर्ने हुन्छ।
यो सेवा प्रयोग गर्न ग्राहकले बैंक अकाउन्ट खोल्न प्रयोग भएको नमस्ते (नेपाल टेलिकम)को सिम प्रयोग गर्नुपर्ने हुन्छ।
एनसेल सिम भएका ग्राहकलाई पनि यो सुविधा उपलब्ध गराउन बैंकले प्रयास गरिरहेको राष्ट्रिय वाणिज्य बैंकका डिजिटल बैंकिङ प्रमुख ऋषिराम ढकालले जानकारी दिए।
यहाँ कमेन्ट गर्नुहोस्