जनता अभियान मंगलबार, मंसिर ०४, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।
सोमबार साँझ जनकपुरमा आयोजित जर्सी अनावरण कार्यक्रममा मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्तर्राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपीएलमा जनकपुर बोल्ट्सले सफलता पाउने बताए । खेलाडीको मनोवल बढाउन प्रदेश सरकार चुकेको उनले स्वीकारे ।
खेलाडीको मनोवल बढाउन नसकेकोले अगामी दिनमा प्रदेश सरकारले खेलाडीको उच्च सम्मान गर्दै खेलकुदको विकास गर्ने प्रतिबद्धता जनाए । खेलकुद विकासका लागि प्रदेश सरकारले खेलकुद ऐन ल्याएको मन्त्री जयसवालले बताए ।
वीरगञ्जको नरायणी रंगशाला, जनकपुको रामजजानकी रंगशाला र राजविराजको रंगशालालाई प्राथमिकतामा राखेर प्रदेश सरकार खेलकुदको गतिविधि बढाउन चाहेको उल्लेख गर्दै गाउगाउको खेल मैदान संरक्षणकलागि पहल थालिएको बताए ।
एनपीएलमा विदेशी खेलाडी सहभागी हुँदा क्रिकेटकोस्तर बढेको बताउँदै पहिलो संस्करण्मा जनकपुर बोल्ट्स विजयी हुने बताए । जर्सी अनावरन कार्यक्रममा जनकपुर बोल्ट्स्का खेलाडीहरु आशिफ शेष, अनिल कुमार साह, ललित नरायण राजवंशि, अरनिको यादव, शुभ कंस्कार उपस्थित थिए ।
कार्यक्रममा यु १९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतोलाई फेस अफ जनकपुर कोल्ट्स् घोषणा गर्दै नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो । जनकपुर बोल्टस्का जीएम निरोज खतिवडालले जनकपुरक बोल्ट्सको जर्सी मधेशको ८ वटै जिल्लाको भावना र उमंग रहेको बताए ।