ल्यान्डस्केप मोडमा भिडिओ हेर्न मिल्ने फिचर ल्याउँदै टिकटक

जनता अभियान बिहिबार, मंसिर २९, २०७९

भिडिओ स्ट्रिमिङ प्लेटफर्म टिकटकले फुलस्क्रिन ल्यान्डस्केप भिडिओ फिचरको परीक्षण थालेको छ। यस फिचरका माध्यमबाट टिकटकमा पनि अब ल्याण्डस्केप मोडमा भिडिओ हेर्न सकिनेछ।

कम्पनीले गत वर्ष मात्र एक अर्ब सक्रिय प्रयोगकर्ताको आँकडा पार गरेको थियाे। अहिले फेसबुकका लागि सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मानिएको टिकटक युट्युबलाई पछि पार्ने दाउमा छ। जसअनुरूप कम्पनीले प्रयोगकर्तालाई होरिजेन्टल अर्थात स्क्रिन रोटेट गरेर भिडिओ हेर्न सकिने सुविधा ल्याउन लागेको हो।

यसकाे अर्थात प्रयोगकर्ताले लामो भिडिओ तेर्सो बनाएर हेर्न सक्छन्। कम्पनीले अन्तर्राष्ट्रिय सञ्चार माध्यम टेकक्रन्चलाई अनुसार, यो परीक्षण प्रयोगकर्तामाझ ल्याएरै परीक्षण भइरहेको छ। यो फिचरका लागि समावेश गरेका प्रयोगकर्ताले भिडिओ फिडमा वर्गाकार बक्स देख्नेछन्। यदि उक्त बक्समा ट्याप गरियो भने भिडियो स्वतः तेस्रो स्क्रिनमा देखिनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्