राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार

जनता अभियान आइतबार, बैशाख १०, २०८०

भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार रहेको छ।

उपचारमा संलग्न  चिकित्सकले आइतबार उहाँको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा भइरहेको छ। उहाँ उपचारका लागि बुधबार नयाँ दिल्ली जानुभएको हो।

दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुले सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बताएका छन् ।’’

 

यहाँ कमेन्ट गर्नुहोस्