स्वास्थ्य मन्त्री बन्दै जसपा सांसद लिम्बू

जनता अभियान शुक्रबार, साउन २६, २०८०

कोशी  प्रदेश सरकारमा  जनता समाजवादी पार्टी (जसपा) पनि सहभागी हुने भएको छ ।

शुक्रबार जसपाकी एक मात्र सांसद निर्मला लिम्बु मन्त्री बन्ने  छिन् ।

सरकारलाई  समर्थन गरेको जसपाले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागि हुने बताएको थियो ।

मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा आजैसरकारमा सहभागी हुन तयार भएको हो ।

जसपाका एक्ला प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई मन्त्री नियुक्त गर्न लागिएको मुख्यमन्त्री उद्धव थापाले बताए । उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी रहेको उनले बताए  । लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्