कालिमाटीमा नेपालीभन्दा भारतीय गोलभेंडा महंगो

जनता अभियान मंगलबार, भाद्र ०५, २०८०

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ।

सूचीअनुसार ठूलो गोलभेंडा (नेपाली)को भाउ किलोमा अधिकतम् १३० र न्यूनतम् ११० रुपैयाँ तोकिएको छ।

यस्तै, ठूलो गोलभेंडा भारतीय अधिकतम् १६० र न्यूनतम् १४० रुपैयाँ किलो तोकिएको छ।

नेपाली गोलभेंडाभन्दा भारतबाट आयातित गोलभेंडा महंगो परेको हो।

यस्तै, सानो गोलभेंडा (टनेल) अधिकतम् ८५ र न्यूनतम् ७० रुपैयाँ प्रतिकिलो कारोबार भइरहेको समितिले जनाएको छ।

आलु रातो प्रतिकिलो अधिकतम् ५२, न्यूनतम् ५० रुपैयाँ प्रतिकिलोमा कारोबार हुने छ।

आलु रातो भारतीय किलोमा अधिकतम् ३६, न्यूनतम् ३५, आलु रातो मुडे किलोमा अधिकतम् ५०, न्यूनतम् ४८ रुपैयाँ तोकिएको छ।

आलु सेतो किलोमा अधिकतम् ४५, न्यूनतम् ४३ रुपैयाँ रहेको छ।

गाजर लोकल अधिकतम् १२० र न्यूनतम् ११० रुपैयाँमा कारोबार भइरहेको छ।

काउली स्थानीय किलोमा अधिकतम् ९०, न्यूनतम् ८० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्