डेंगु संक्रमण भएपछि मन्त्री लिम्बु अस्पताल भर्ना

जनता अभियान आइतबार, भाद्र १०, २०८०

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु अस्पताल भर्ना भएका छन्।

डेंगु संक्रमण भएका कारण लिम्बु वीर अस्पतालमा भर्ना भएको उनका स्वकीय सचिव रोशनविक्रम राईले बताए।

शनिबार शनिबार बिहान चक्कर लागेपछि उनलाई वीर अस्पतालमा पुर्‍याइएको थियो। शुक्रबार साँझदेखि मन्त्री लिम्बुलाई ज्वरो आएको थियो।

उनको रगतमा प्लेटलेट र आरबिसीको मात्रा सामान्य रहेको बताइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्