१० वर्षपछि नेपाल टी-२० विश्वकपमा

जनता अभियान शुक्रबार, कार्तिक १७, २०८०

नेपाल १० वर्षपछि आईसीसी टी–२० विश्वकपमा पुगेको छ।

मुलपाानीस्थित क्रिकेट मैदानमा भएको एसियाली छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो।

एसियाली छनोटको फाइनल खेल्ने दुई टोली विश्वकपमा छनोट भएका छन्। नेपालले फाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

जितका लागि नेपालका आसिफ शेखले ६३ रनको अविजित इनिङ्स खेले। उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए।

यस्तै कप्तान रोहित पौडेल पनि ३५ रनमा अविजित रहे उनले २१ बल खेलेका रोहितले ३ चौका र एक छ्क्का हानेका थिए । गुल्सन झा २२ र कुशल भूर्तेल ११ रनमा आउट भए ।

यहाँ कमेन्ट गर्नुहोस्