ड्रागन फुट्ससँगै सयपत्री फुलको खेतिमा रमाउँदै अमन

बिनाेद मेहता शुक्रबार, कार्तिक १७, २०८०

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–२ गौतमपुरका अमन मेहता कृषि पेशामा रमाई रहेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर–चितवनमा अध्यन गर्दा पाएको ज्ञानलाई व्यवहारमा उतार्दै उनले कृषिमा भविष्य खोजिरहेका छन् ।

उनले ड्रागन फुट्ससँगै सयपत्री फुलको खेति गरिरहेका छन् । मेहता कृषि विज्ञान पढने भएकाले एउटै खेतमा एक साथ दुई वाली लगाएर नमुना उदाहरण प्रस्तुत गर्न सफल भएका छन् ।

मेहताले कोशी प्रदेश सरकारको अनुदानमा ड्रागन फुट्स र आफ्नो लगानीमा सयपत्री फुल लगाएका छन् । उनले दुबै खेतीबाट पहिलो बर्षमै एक लाख रुपैँया आम्दानी गर्न सफल भएका छन् । उनले बार्षिक पाँच लाख आम्दानी गर्ने लक्ष्य अनुसार काम गरिरहेको बताए ।

सदरमुकाम इनरुवा दक्षिणमा पहिलोपटक व्यवासायिक खेती गरेको हरिनगर गाउँपालिका कृषि शाखा भुवनेश्वर यादवले बताए ।

मेहताले उत्पादन गरेको ड्रागन फल र सयपत्री फुल स्थानिय बजार इनरुवा र विराटनगरमा विक्री वितरण गर्दै आएका छन् । उनलाई गाउँपालिका कृषि शाखाले प्राविधिक सल्लाह तथा परामर्श दिँदै आएको पा्रविधिक यादवले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्