भेट्रान कपको फाइनलमा शारदाको आकर्षक प्रस्तुति

विनोद मेहता बिहिबार, पुष २६, २०८०

झोराहाट : ग्रामथान गाउँपालिका२ झोराहाटमा अवस्थित शारदा सेकेन्डरी बोर्डिङ स्कुलले भेट्रान कपको फाइनल खेलमा आकर्षक प्रस्तुति दिएको छ । बुधबार सम्पन्न खेलमा शारदाका विद्यार्थीहरूले साँस्कृतिक नृत्य प्रस्तुत गरी खेलाडी, दर्शक र अतिथिहरूलाई मनोरञ्जन दिलाए ।

मौलिक कला संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ विद्यार्थीहरूलाई विभिन्न सांस्कृतिक भेषभूषामा सजाएर नृत्य गराइएको थियो । ग्रामथान भेट्रान कपको प्रायोजक संस्थामध्येको एक रहेको शारदाले अतिरिक्त क्रियाकलापअन्तर्गत सांस्कतिक नृत्य प्रस्तुत गरेको हो ।

झ‍ोराहाटका युवाहरूले २०६३ सालमा शारदा सेकेन्डरी बोर्डिङ स्कुल स्थापना गरेका थिए । स्थापनायता स्कुलले एसएलसीएसइई जस्ता परीक्षामा उत्कृष्ट नतिजा ल्याइरहेको छ ।

पढाइको अलावा संगीत, नृत्य, गायन, खेलकुद, साहित्य जस्ता अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले उत्तिकै जोड दिइरहेको छ । यो स्कुल विभिन्न संघ/संस्थाबाट पुरस्कृत तथा सम्मानित विद्यालयमध्येको एक हो ।

यहाँ कमेन्ट गर्नुहोस्