पशुपति शिक्षा प्रसार समितिद्वारा संचालनमा रहेको पशुपति शिक्षा मन्दिरका विद्यार्थीहरूमा गम्भीर समस्या

संजय राजवंशी शनिबार, माघ २०, २०८०

कटहरी,माेरङकाे कटहरी गाउँपालिका वडा नम्बर १ मा पशुपति शिक्षा प्रसार समितिद्वारा संचालनमा रहेको पशुपति शिक्षा मन्दिरका विद्यार्थीहरूमा गम्भीर समस्यामा रहेको छ ।

विद्यालयकाे वरिपरि ठुलठुला उद्योग कलकारखाना रहेको हुनाले विद्यार्थीहरू समस्यामा देखिएकाे हाे । पशुपति शिक्षा मन्दिरका एक विद्यार्थीका अनुसार विद्यालयकाे वरिपरि विस्कुट, साबुन, जुटका ठुलठुला उद्योग रहेकाेले विस्कुटकाे दुर्गन्ध, साबुनकाे दुर्गन्ध र जुटकाे धुलाेले विद्यार्थीहरूमा स्वास्थ्य समस्या हुने गरेकाे वताए ।

कटहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुकल देव साहका अनुसार उधाेग तथा कलकारखाना भएको स्थानमा विद्यालय हुँदा उद्योगमा प्रयाेग भएकाे केमिकल र निस्केकाे फाेहरले बाताबरण प्रदुषण हुँदा बालबालिकामा दम, छालाको राेग, स्वासप्रस्वास लगायतका समस्या हुन सक्ने बताए ।

कटहरी गाउँपालिका वडा नम्बर १ हुलाकी सडककाे उत्तरपट्टी उधाेग र कारखानाकाे बिच पशुपति शिक्षा मन्दिर विद्यालय संचालन गरेर विद्यार्थीको स्वास्थ माथि खेलवाड गरेकाे स्थानीयहरूले आराेप लगाएका छन । चारैतिरबाट उधाेग र उधाेग कलकारखानाको बिचमा पशुपति शिक्षा मन्दिर विद्यालय केमिकल र फाेहरले दुर्गन्धित भएकाे छ ।

विद्यालयकाे वरपर बाबा जुटमिल, बिस्कुट उद्योग, बाबा साेप उद्योग लगायत आधा दर्जन उद्योग संचालनमा रहेकाे छ । विद्यालयमा अध्ययन गर्ने स-साना बालबालिकाकाे स्वास्थ माथि खेलवाड गरेकाे स्थानीय युवा नेता सुभाष यादवले वताउँदै तत्काल कटहरी गाउँपालिका र पशुपति शिक्षा मन्दिरका संचालक समिति ले समाधान गर्नुपर्ने वहाँकाे माग छ ।

कटहरी गाउँपालिकाका शिक्षा साखा अधिकृत ड्राेन प्रसाद पाेखरेलले उधाेग तथा कलकारखाना विच स्कुल सन्चालन गर्न नपाउने कुनै ऐन कानुन नभएकोले केही गर्न सक्दैनाै वताए । पशुपति शिक्षा मन्दिर संस्थाका अध्यक्ष तथा बेनी गाेपाल मुन्दडाले भने सरकारसंग अनुमति लिएर विद्यालय संचालन गरेकाे हाे । उद्योग तथा कलकारखानाले समस्या नभएकाे बताए । पशुपति शिक्षा प्रसार समितिद्वारा संचालनमा रहेको पशुपति शिक्षा मन्दिर २०६० सालमा स्थापना भएकाे थियो ।

यहाँ कमेन्ट गर्नुहोस्