भोक्राहा लाली गुराँस साना किसान कृषि सहकारीको साधारणसभा सम्पन्न

सुरेन्द्र मेहता शनिबार, माघ २७, २०८०

भोक्राहा । भोक्राहा नरसिंह लालि गुराँस साना किसान सहकारी संस्था लिमिटेडको चोथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पालिका वडा नम्बर २ स्थित रहेको पिपल बोटे कृषि फर्म प्रालीको सभा हलमा सम्पन्न भएको हो।

चोथो बार्षिक साधारणसभा कार्यक्रम सहकारी संस्था लिमिटेडका अध्यक्ष हिरा लाल मेहताको अध्यक्षतामा साधारणसभा सुरु भएको थियो । उक्त कार्यक्रमको प्रमुख अथिती भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले दिप प्रजलन र व्यानर पढेर उद्घाटन गर्नु भएकाे थियाे।
लाली गुराँस साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो गत आर्थिक बर्षको आय विय सार्वजनिक गर्दे चोथोैँ साधारणसभा सम्पन्न गरेका हुन।

८६ लाख ९९ हजार ५ सय ७६ रुपैया कारोबार रहेको छ ।
असल ऋणि ६ जना र असल बचतकर्ता १९ जना गरि जम्मा २५ जना लाई सम्मान गरिएको थियो ।

प्रमुख अथिती, विशिष्ठ अथिती र अथिती गरि जम्मा ४५ जना लाई मायाको चिनो, दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।

विशिस्ट अथितीहरुमा साना किसान सहकारी संस्था लिमिटेडका बराहक्षेत्रका अध्यक्ष खगेन्द्र भट्टराई , भोक्राहा नरसिंह सहकारी समन्वय समितिका अध्यक्ष राजेन्द्र मेहता , भोक्राहा नरसिंह १ का वडा अध्यक्ष लक्ष्मण मेहता, भोक्राहा नरसिंहका नेपाली काङ्ग्रेस सभापति युवराज दाहाल , जसपाका महेन्द्र यादव, नेपाल कुशवाहा कल्याण समाज भोक्राहा नरसिंह गाउँ एकाइ अध्यक्ष मधु लाल मेहता , समाजसेवि सुब्बा लाल मेहता, वेचन प्रसाद मेहता, शिक्षक सुर्य नारायण मेहता , राम नारायण मेहता, सामजसेवी देव नारायण मेहता , निरज मेहता , राम कुमार मेहता , उमेश मेहता एवम् सहकारी संस्था लिमिटेडका ५६१ सेयर सदस्यहरु लगायत गाउँ सामजका बुद्धिजीवी , समाजसेवी व्याक्तित्वहरु उपस्थिती रहेको लाली गुराँस सहकारी संस्था लिमिटेडका प्रबन्धक चन्देश्वर मेहताले जानकारी दिइएको छ ।

सो साधारणसभा कार्यक्रमको उद्घोषक एवम संचालक समितिका सदस्य डिएन मेहताले गर्नु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्