देशभरिका तीन हजार लघुवित्त पीडितहरू काठमाडौंमा

जनता अभियान आइतबार, फाल्गुण ०६, २०८०

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आज काठमाडौंमा देशभरबाट करिब तीन हजार पीडितहरू आइपुगेका छन्।

उनीहरू आउने क्रम जारी रहेको सघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले जानकारी दिए। करिब छ दिन लगाएर पीडितहरू मुग्लिनबाट काठमाडौंसम्म हिँडेर आइपुगेका हुन्।

सरकारले समिति बनाएर केही काम नगरेपछि झकझक्याउन आन्दोलन गर्न आएको बर्दियाका पीडित जीवन सुनारले बताए।

मुग्लिनबाट हिँडेका उनीहरू छ दिनको दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बसेका थिए।

आज उनीहरू थानकोटबाट प्रदर्शन र्‍याली गरी कलंकी हुँदै तीनकुने गएर बस्ने र भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरू गर्न केन्द्रीय अध्यक्ष ज्ञवालीले जानकारी दिए।

NepalPhotoLibrary-01 (1)1708246950.jpg

NepalPhotoLibrary-041708246856.jpg

 

यहाँ कमेन्ट गर्नुहोस्