त्रिवि उपकुलपतिमा डा. बराल नियुक्त

जनता अभियान बिहिबार, फाल्गुण १०, २०८०

त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन्।

उपकुलपति सिफारिस समितिको सिफारिस अनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन्।

उपकुलपति सिफारिस समितिले  तीन जनाको सिफारिस गरेको थियो। तीन जनामध्येबाट  प्रधानमन्त्री प्रचण्डले बराललाई नियुक्त गरेका हुन्।

समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।

उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए।

यहाँ कमेन्ट गर्नुहोस्