पथरी-शनिश्चरे ८ नम्बर वडाका गाईभैंसीमा खोरेतको संक्रमण

जनता अभियान शुक्रबार, फाल्गुण २५, २०८०

मोरङको पथरी शनिश्चरे-८ मा गाई-भैंसीमा खोरेत रोगको सङक्रमण देखिएको छ।

वडा नम्बर ८ को मंगलबारे प्रतीक्षा चौकमा पशुहरूलाई यो महामारी खोरेत रोग देखापरेको हो।

हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुवस्तुको खुर सुन्निएर कुहिने, उच्छ ज्वरो आउने भएकोले सबै पशुपालक किसान सचेत रहन वडाले सूचना गरेको छ।

यो रोग देखा परेपछि वडा न ८ का वडा अध्यक्ष नवीन कार्कीले बिहीबारदेखि रोग निर्मूल नभएसम्म मंगलबारे वरपरका पशुहरूलाई बाहिर नलान सूचना जारी गरेका छन्।

यो रोग विरुद्धको निःशुल्क खोप लगाउन सुरू गरिसकिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्