जनता अभियान सोमबार, बैशाख ०३, २०८१
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेका हुन् । खेल निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको छ ।
वर्षाको कारण खेल ढिलो सुरु हुँदा १८/१८ ओभरको हुनेछ । नेपालले कतारसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विवेक यादवको स्थानमा करण केसी टोलीमा फर्किएका छन् ।
नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।
बेन्च : प्रतिश जि.सी.अनिल शाह र विवेक यादव ।